कान्ति अस्पतालमा १३ महिने शिशुलाई कोरोना संक्रमण


२० असार २०७७, शनिबार
kanti bal hospital

काठमाडौं, २० असार । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत एक १३ महिने शिशुमा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएका शिशुमा शुक्रबार संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।

कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै शिशुको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनले शिशुमा रगतको कमी, ज्वरो आएको पाइएपछि शंकास्पद बिरामी भनेर आइसोलेसनमा राखिएको थियो। उनले भने, ‘सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरयौं । त्यसको रिपोर्ट पोजेटिभ आयो ।’

यसअघि कान्ति अस्पतालबाट अन्य धेरै शिशुलाई कोरोनाको शंका गर्दै स्वाब पठाइए पनि संक्रमण पुष्टि भएको यो पहिलो केस हो ।

अस्पतालले कोरोनाका लागि छुट्टै आइसोलेसन वार्ड र टिम बनाएकाले संक्रमण देखिए पनि अस्पताल सुचालु रहेको डाक्टर पौडेलले बताएका छन् । आइसोलेसन वार्डमा शिशुको उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७