‘स्टूडेन्ट अफ द ईयर २’ यसै वर्ष प्रदर्शन हुने


१४ माघ २०७४, आईतवार
Student of the year 2

काठमाडौं, माघ १४ :  बलिउड बक्स अफिसमा राम्रो दर्शक पाएको करण जौहरद्धारा निर्देशित फिल्म ‘स्टूडेन्ट अफ द ईयर’को सिक्वेल रिलिज हुने मिति तोकिएको छ ।Student of the year 2

करणले यसै सुपर हिट फिल्मको दोस्रो भाग निर्माण गर्ने घोषणा गरेपछि सुरुवाती दिनमा फिल्म नबन्ने हल्ला फैलिएको थियो । तर गत वर्ष करणले फिल्मको फस्र्ट लुक रिलीज गरेसँगै ती हल्लाहरु हल्लामै सिमित भएका थिए ।

हालै करणले सोशल मिडियाका माध्यमबाट यो फिल्म यसै वर्ष नोभेम्बर २३ मा रिलीज हुने जानकारी दिएका छन् । उनले जानकारीका साथ–साथै फिल्मको नयाँ पोस्टर पनि रिलीज गरेका छन् ।
फिल्ममा अभिनेता टाइगर श्राफ रहेको छन् भने अरु को–को छन भन्ने सार्वजनिक गरेका छैनन् । फस्र्ट लुकमा अभिनेता श्राफ सिक्स प्याक प्रदर्शन गरिरहेको देखिएका छन् ।

करणले फिल्म निर्देशनको जिम्मा पुनीत मल्होत्रालाई सुम्वेका छन् । पुनीतले यसअघि ‘गोरी तेरे प्यार में’ र ‘आई हेट लव स्टोरीज’ जस्ता फिल्महरु निर्देशन गरिसकेको भारतीय सञ्चारमाध्यममा खबर प्रकाशित छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७