क्वारेन्टिनबाट घर पठाइएकी महिलाको मृत्यु


२० असार २०७७, शनिबार
korona death

कैलाली, २० असार । कैलालीमा क्वारेन्टिनबाट घर पठाइएकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–१० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिएका छन् ।

भारतबाट जेठ २६ गते श्रीमानसँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको पाइएको नगर प्रमुख साउदले बताएका छन् ।

‘स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा बसेर घरमा गएको एक सातापछि उनको मृत्यु भएको हो’ साउदले भने । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ र रिर्पाेट आएपछि मात्रै शव व्यवस्थापन गर्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७