लागुऔषध कारोबारी हतियारसहित पक्राउ


२० असार २०७७, शनिबार
p1 2

सुनसरी, २० असार । सुनसरीको धरानबाट लागुऔषधको कारोबार गर्ने एक व्यक्ति हतियारसहित पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालयले धरान उपमहानगरपालिका–७ का ४४ वर्षीय किशन श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठको कोठा छापामारी एक थान एअरगन, एक लाख ९२ हजार रुपैयाँ नगद र ठूलो परिमाणमा लागुऔषध बरामद गरेको धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

लागुऔषध कारोबारी श्रेष्ठको कोठाबाट नाइट्रोसन २६० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ५५२ क्याप्सुल र डाइलेक्स डिसी १०० एमएलको छ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७