नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुग्यो, थप दुईको मृत्यु

काठमाडौं, २० असार । नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार बिहान गोरखामा एक र रुपन्देहीका जनाको कोरोनाकै कारण मृत्यु भएसँगै मृतकको संख्या ३४ पुगेको हो । शनिबार बिहान गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार गोरखा अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी रुपन्देही देवदह नगरपालिका ७५ वर्षीय पुरुषको समेत कोरोनाकै कारण मृत्यु भएको छ ।
उनी असार १४ गते काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको असार १७ गते मृत्यु भएको हो । उनमा कोरोना पुष्टि भने असार १८ गते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनी क्षयरोगका विरामी थिए ।