कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयकाे अवरोध, प्रहारीद्वारा अश्रुग्याँस प्रहार


२० असार २०७७, शनिबार
gorkha jJL6cZ4mSb

गोरखा, २० असार । गोरखामा कोरोना भाइरस संक्रमणका कारण आज (शनिवार) मृत्यु भएका पालुङटार–७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमामा पर्ने लुदी खोला दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरे लगतै बिहानैदेखि स्थानीयहरु भेला भएर विरोध गरेका थिए ।बस्ती नजिक परेको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् ।

नेपाली सेनाको शव व्यवस्थापन टोलीले शनिबार दिउँसो सहिद लखन गाउँपालिका–१ को लुदीखोला दोभानमा शव व्यावस्थापन गर्न लाग्दा स्थानीयले अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ ।

अहिले शव व्यवस्थापनको लागि खाल्डो खन्ने काम भइरहेको र केही समयपछि शव व्यवस्थापन गरिने स्थानीय बासिन्दा राजेन्द्र न्यौपानेले जानकारी दिए । उनले गोरखा नगरपालिकाभित्र खाली जमिन नभएपछि शहिद लखन गाउँपालिकाको लुदीखोला दोभानमा शव व्यवस्थापन गर्न लागिएको बताए ।

१० घण्टासम्म शव व्यवस्थापन हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीको भनाइ छ । कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो । उनी मधुमेह पीडित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७