तानातानमा वामदेव गौतम


२१ असार २०७७, आईतवार
Bamdev Gautam

काठमाडौं, २१ असार । पार्टी एकताको २६ महिनाभित्रै सत्तारूढ दल नेकपा विभाजनको संघारमा पुगेपछि उपाध्यक्ष वामदेव गौतम तानातानमा परेका छन् ।

गौतमलाई फकाउन ओली पक्षका नेताहरूले शुक्रबार राति गौतम निवासमा डिनरसहित छलफल गरेका थिए । अबको महाधिवेशनपछि पार्टी अध्यक्ष, संसदीय दलको नेता र जनताको बहुदलीय जनवादको नेतृत्व गर्ने उनलाई प्रस्ताव लगिएको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, विष्णु रिमाललगायत नेताहरू गौतम निवास गएका थिए । तर गौतमले प्रधानमन्त्री ओलीबाट विगतमा धोका मात्र पाएकाले अहिले नै आफू कुनै प्रतिक्रिया नदिने बताएको स्रोतले जनायो ।

गौतमले शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए । उता दाहाल–नेपाल पक्षले पनि गौतमलाई आफ्नो पक्षमै अड्याइराख्न निकै कोसिस गरिरहेका छन् । उनलाई आफूहरूको सम्पर्क बाहिर जान नदिने रणनीतिसाथ गौतमसँग दाहालले भेटघाट बाक्लो बनाइरहेका छन् । शनिबार आफ्नै निवासमा भएको सचिवालय सदस्यहरूको छलफलमा पनि गौतमलाई उनीहरूले बोलाएर आफूहरूको पक्षमै रहेका देखाइरहेका छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७