राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रचार झुठो हो : नेकपा प्रवक्ता श्रेष्ठ

‘राष्ट्रपति संस्थाको अवमूल्यन नगरौ’


२१ असार २०७७, आईतवार
narayankaji shrestha 4

काठमाडौं, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भन्ने प्रचार झुठो भएको स्पष्ट पारेका छन् ।

उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न समेत आग्रह पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र गरिएको सुनाएका थिए ।

त्यसैतर्फ लक्षित गर्दै नेकपा प्रवक्ता श्रेष्ठले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं ।’

राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो भन्दै श्रेष्ठले यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन् । उनले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।

n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७