पहिलोपल्ट रोकियो गोर्खा भर्ती


२१ असार २०७७, आईतवार
gorkha 8 training fitness

धरान, २१ असार । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण बेलायत सरकारले पहिलो पटक गोर्खा भर्ती रोकेको छ ।

बेलायतले प्रदेश नम्बर १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिंदै आएको थियो ।
बेलायत सरकारले प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका र गण्डकी प्रदेशको पोखरा महानगरापालिकाबाट गोर्खा भर्ती लिने गरेको थियो ।

बेलायत सेनाका बिग्रेड अफ गोर्खाका प्रमुख कर्नेल रिचर्ड गुडम्यानले शनिबार विज्ञप्ति प्रकाशित गरी कोरोनाकै कारण बर्सेनि गरिंदै आएको गोर्खा भर्ती स्थगित गर्नुपरेको जनाएका छन् ।
बेलायती सेनाले गोर्खा भर्तीका लागि २१ मेदेखि १० जुनलाई पोखरा र २३ मे देखि १० जुनसम्म नयाँ नाम दर्ताका लागि मिति तोकेको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७