गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण


२१ असार २०७७, आईतवार
korona 1

पोखरा, २१ असार । गण्डकी प्रदेशका दुई जिल्लामा थप तीन जना कोरोना संक्रमण फेला परेको छ । प्रदेशको तनहुँमा दुई जना र बाग्लुङमा एक जना संक्रमित थपिएका हुन् ।

संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशका संक्रमितको संख्या एक हजार ९१ पुगेको छ । नेपालमा भने संक्रमितको संख्या १५ हजार ४९४ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७