ओली र प्रचण्डबीच ४ घण्टा छलफल, यस्तो भयो सहमति


१४ माघ २०७४, आईतवार
Oli Dahal

काठमाण्डौं, १४ माघ : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता, मुख्यमन्त्रीलगायतका पद बाँडफाँडका विषयमा ४ घण्टा गम्भिर छलफल भएको छ । Oli Dahal

ओलीले प्रचण्डसँग पार्टी एकता, सरकार गठनलगायत पार्टी संगठन र राज्य सन्चालनका सन्दर्भमा आफ्नो मार्गचित्र पेश गरेको एक नेताले जानकारी गराएका छन् । पार्टी अध्यक्ष वा कुनै पदमा केन्द्रित भएर भन्दा पनि समग्र विषयमा ओलीले आफ्नो योजना सुनाएको ती नेताले बताएका छन् । ओलीको मार्गचित्रमा प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएको र पार्टी एकता नहुने भनेर पछिल्लो समयमा चलेका हल्ला तथा आशंकाहरु अन्त्य भएको दावी गरिएको छ ।

यद्यपि दुवै नेताका तर्फबाट कुनै प्रतिक्रिया आएको भने छैन । प्रचण्डले सरकार गठनअघि नै पार्टी एकता हुनुपर्ने अभिव्यक्ति दिइसकेका छन् । त्यसको अन्तर्य भनेको उनको एकीकृत पार्टीको अध्यक्ष हुने चाहना हो । सरकार गठनअघि पार्टी एकता गर्ने कुराले ओलीमाथि दबाव पर्ने माओवादीको ठम्याई हो । तर, ओली भने सहजै प्रचण्डलाई अध्यक्ष हस्तान्तरण गरेर पार्टी एकता गर्ने पक्षमा छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७