कक्षा ११ को बोर्ड परीक्षा नहुने


२१ असार २०७७, आईतवार
exam board 1112

काठमाडौं, २१ असार । यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने तय भएको थियो ।

तर कोरोना भाइरस महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।

विद्यार्थीहरुको आन्तरिम मूल्याङ्कन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७