मेलम्चीको पानी सुरुङ परीक्षणका लागि काठमाडौं पठाइयो


२१ असार २०७७, आईतवार
melamchi 1 scaled

काठमाडौं, २१ असार । वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले विधिवत रुपमा आज सुरुङबाट परीक्षणका लागि काठमाडौं पानी पठाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मेलम्ची खानेपानी आयोजनाको मुहानमै पुगेर स्विच थिचेर पानी सुरुङमा पठाएका हुन् । सुरुङको परीक्षणका लागि आज काठमाडौं पानी पठाइएको हो ।

melamchi
मेलम्चीको पानी काठमाडौं पठाउने तयारी गरिंदै

उक्त पानी सुरुङको अवस्था ठीक भएमा केही दिनभित्र काठमाडौंमा पानी पठाउने अवस्था रहने प्रजिअ ढकालले जानकारी दिएका छन् । मेलम्चीबाट काठमाडौंको सुन्दरीजलसम्म करिब २७ किलोमिटरको दूरी छ ।

सररकारले आर्थिक वर्ष २०७७–७८ को वार्षिक बजेटमार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुमै काठमाडौं उपत्यकामा पानी वितरण गर्ने जनाएको छ ।

उक्त कुराको औपचारिक रुपमा मेलम्ची खानेपानी आयोजनाले पत्रकार सम्मेलनमार्फत आज अपरान्ह जानकारी दिंदैछ । मेलम्चीको पानी प्रयोग गर्ने काठमाडौंबासीको वर्षौको सपना अझै पूरा हुन सकेको छैन । जसका कारण नागरिकमा निरासा पैदा भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७