प्रधानमन्त्रीका गलत कदमलाई साथ नदिन राष्ट्रपतिलाई नेकपाका तीन नेताको आग्रह

भने, ‘महाअभियोग होइन, अध्यादेशमा छलफल गरेका हौं’


२१ असार २०७७, आईतवार
bidhya bhandari

काठमाडौं, २१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका तीन नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदममा साथ नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

आज (आइतबार) बिहान राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुगेका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको अनौपचारिक छलफलमा आफूलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भइरहेको बताएपछि त्यसबारे प्रष्ट पार्न तीन शीर्ष नेताहरु शीतलनिवास पुगेका थिए ।

राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कुनै तयारी नरहेको बरु सम्भावित अध्यादेशका विषयमा छलफल गरिएको कुरा राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

‘राष्ट्रपतिलाई महाअभियोग लगाउने कुनै षडयन्त्र भएको छैन’, राष्ट्रपतिसँगको भेटमा सहभागी एक नेताले भने, ‘सम्मानित संस्थालाई मुछ्ने कुरा अफवाह हो, पार्टीभित्रको आन्तरिक समस्या पार्टीभित्रै छलफल गरेर मिलाउने कोशिसमा हामी छौं ।’

उनीहरुले राष्ट्रपतिलाई महाअभियोग लगाउने भन्ने कुरा बालुवाटारबाट चलाइएको अतिरञ्जित हल्ल मात्रै भएको स्पष्ट पारेका थिए । बालुवाटारबात अनुमानमा आधारित सूचना बाहिर ल्याएर राष्ट्रपतिलाई विवादमा तान्ने काम भएको तीन नेताले राष्ट्रपतिलाई बताएको ती नेताले जानकारी दिएका छन् । उनीहरुले सम्मानित संस्थाविरुद्ध कुनै कदम नचाल्ने समते प्रष्ट पारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७