ओली–प्रचण्ड निर्णायक वार्ता सकियो, निस्किएन निष्कर्ष, अबको बाटो के ?


२१ असार २०७७, आईतवार
PM KP Oli @ CM Parchanda 1536x779 1

काठमाडौं, २१ असार । पार्टीलाई फुट्नबाट जोगाउनका लागि अन्तिम प्रयास भनिएको आज (आइतबार) को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ ।

आफ्ना–आफ्ना विश्वास पात्रसहित भएको छलफल भर्खरै सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

निर्णायक भनिएको आजको वैठक पनि विना निष्कर्ष सकिएको जनाइएको छ । भोलि बस्ने स्थायी कमिटी बैठकअघि फेरि छलफल गर्ने जनाइएको छ ।


निर्णायक भनिएको वार्ताले पनि कुनै निष्कर्ष दिन नसकेपछि नेकपाको अबको राजनीतिले कुनै दिशा समात्ला भन्ने नागरिकमा चासो बढेको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली दुवै पदबाट राजीनामा नदिने अडानमा रहनु र अर्का अध्यक्ष दुबै पद प्रधानमन्त्रीले छाड्नु पर्ने कुरामा अडिग भइरहेका बेला अब के हुन्छ भन्ने चासो बढेको हो । प्रधानमन्त्री ओलीले आफूले जुनसुकै बेला जुनसुकै कदम चाल्न सक्ने स्पष्ट पारिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७