गँगबु बसपार्कको ग्यारेजमा आगलागी : आठ माइक्रोबस जले


२१ असार २०७७, आईतवार
gggg

काठमाडौं, २१ असार । काठमाडौंको गँगबुस्थित एक गाडी ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन् ।

आज बिहान ३ बजे काठमाडौं महानगरपालिका–२६ स्थित मताकाजी श्रेष्ठका जग्गामा टोखा– ३ बस्ने राजेन्द्र अर्यालले भाडामा लिएर सञ्चालन गरेको सप्रश्री माइक्रो ग्यारेजमा अचानक आगलागी भएको हो ।

आगलागीबाट झण्डै रु पाँच करोड क्षति भएको छ । आगलागी शङ्कास्पद देखिएकाले अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

शुरुमा एउटा माइक्रोमा लागेर सल्किएको र पछि अन्य गाडी समेत जलेको अनुमान प्रहरीले गरेको छ । गँगबुबाट गएको प्रहरी टोली र स्थानीयवासीले दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७