ओली-प्रचण्ड वार्ता : असमझदारी बढाउने गतिबिधि नगर्ने सहमति


२१ असार २०७७, आईतवार
Oli and parchanda

काठमाडौं, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानको ‘अन्तिम प्रयास’का लागि प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल ‘असमझदारी बढाउने गतिबिधि नगर्ने सहमति’ सहित सकिएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो । वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए ।

वार्तामा सहभागी स्थायी कमिटि सदस्य पुनका अनुसार असमझदारी बढाउने गतिबिधि नगर्ने सहमति भएको छ । सडकमा भइरहेका गतिविधिले पार्टी एकता कमजोर बनाउने भन्दै त्यस्ता गतिविधि रोक्ने विषयमा दुवैबीच छलफल भएको छ । पुनका अनुसार भोली सोमबार हुने तय भएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच पुनः छलफल हुनेछ ।

बैठकमा राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भइरहेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल प्रचण्डले प्रधानमन्त्रीलाई सोधेका थिए । अध्यक्ष प्रचण्डले केही कुरा नचलेको विषयमा कसरी हल्ला आएको भनेर सोधेका थिए ।

यसअघि शुक्रवार तीन घण्टासम्म चलेको छलफलमा दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । सोमबार स्थायी कमिटि बस्न अघि सहमतिका लागि ‘अन्तिम प्रयास’को रुपमा यो छलफललाई लिइएको छ ।

वालुवाटार जानअघि अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए । नेताहरूले राष्ट्रपतिलाई महाअभियोगको हल्ला सत्य नभएको यो बालुवाटारबाटै फैलाइएको जानकारी दिएका थिए ।

पार्टीभित्रको आन्तरिक विवादमा राष्ट्रपतिलाई तान्नेगरी प्रधानमन्त्रीले अभिव्यक्ति दिएको भन्दै नेताहरूले राष्ट्रपतिलाई प्रयोग नहुन पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७