थप २९४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो


२१ असार २०७७, आईतवार
korona 5

काठमाडौं, २१ असार । नेपालमा आज (आइतबार) थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले आइतबार नियमित प्रेस व्रिफिङमा नयाँ संक्रमितबारे जानकारी गराएका हुन् ।

नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका छन् । विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका छन् । देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७