भिषण बाढीले जापानमा २० को मृत्यु, कैयौं अस्पतालमा भर्ना


२१ असार २०७७, आईतवार
japan

टोकियो, २१ असार । जापानमा भारी वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ ।

घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् । कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै १० हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार गरिएको थियो । त्यसैगरी बन्दरगाह सुरक्षाकर्मी, अग्नि नियन्त्रकलगायतलाई पनि खोजी तथा उद्धारका लागि खटाइएको थियो ।

2b1d857cd62744fcb4c90651350651e6 2b1d857cd62744fcb4c90651350651e6 d96f86efcafa44a8884a499e89e5437a

बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरूले डुवानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन् । खबर आएकाहरुलाई सैनिक र हेलिकोप्टरबाट उद्धार पनि गरिएको छ ।

डुवानमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य जारी रहेको उद्धार कार्यमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् । गत शुक्रबार आएको बाढीका कारण कुमामोतो र कागोशिमाका झण्डै ७५ हजार मानिस प्रभावित भएका छन् ।

बाढीका कारण विद्युत, सञ्चार, सडकलगायतका सेवा अबरुद्ध भएका छन् । कुमामोतोका मात्रै छ हजार घरमा विद्युत सेवा टुटेको छ । प्रधानमन्त्री सिन्जो आवेले घटनास्थलमा खोजी तथा उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न विषेश टोली खटाएका छन् । डुवानमा परेकाहरुलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जनाइएको उद्धारकर्ताहरुले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७