काठमाडौंबाट चोरी भएका २० मोटरसाइकल धनीलाई फिर्ता


२१ असार २०७७, आईतवार
motarsailak

काठमाडौं, २१ असार । चोरिएका तथा हराएका मोटरसाइकल फेला पारी आज काठमाडौं प्रहरीले स्वयं धनीलाई हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार उपत्यकाको विभिन्न स्थानबाट हराएका २० मोटरसाइकल आज धनीलाई हस्तान्तरण गरिएको हो ।

मोटरसाइकल प्राप्त गर्दा धेरै खुशी भएको प्रतिक्रिया दिँदै मोटरसाइकल धनीले खोजीमा लाग्ने प्रहरी टोलीलाई धन्यवाद दिएका छन् । प्रहरीका अनुसार विभिन्न ठाउँमा पार्किङ गरेर राखिएका तथा घरमै रहेका मोटरसाइकल समेत हराउने गरेका छन् ।

यस्ता गिरोह सक्रिय रहेकाले आफ्नो सामान सुरक्षित साथ राख्न प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ । अघिल्लो हप्ता पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसैगरी हराएर फेला पारेका ३० मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७