सहमतिको ५ बूँदे ‘ड्राफ्ट’ प्रोपोगान्डा पार्टी एकता बिरोधीको निराधार हल्ला : प्रचण्ड सचिवालय


२१ असार २०७७, आईतवार
Parchanda scaled

काठमाडौं, २१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी विवाद समधानको लागि तयार भएको भनिएको सहमतिको ५ बूँदे ‘ड्राफ्ट’ प्रोपोगान्डा पार्टी एकता बिरोधीको निराधार हल्ला मात्रै भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । सहमतिको लागि तयार भएको भन्दै सामाजिक सञ्जालमा आइतबार साँझ सहमतिको ५ बूँदे ‘ड्राफ्ट’ ‘भाइरल’ जस्तै बनाइएको छ ।

उक्त सहमतिको ५ बूँदे ‘ड्राफ्ट’ निराधार हल्ला भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले नयाँ पेजलाई बताए । उनले भने,‘सामाजिक सञ्जालमा आएको सहमतिको ५ बूँदे ‘ड्राफ्ट’ पार्टी बिरोधीहरुले चलाएको हल्ला मात्रै हो । यसप्रकारको कुनै सहमति वा प्रस्ताव भएको छैन ।’

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले पनि सामाजिक सञ्जालमा आएको उक्त ५ बूँदे ‘ड्राफ्ट’ हल्ला मात्रै भएको स्पष्ट पारेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अध्यक्ष कमरेड प्रचण्ड पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खट्टिनुभएको कुरा यहॉहरुमा जगजाहेर नै छ । यसै बिच भरखरै सामाजिक संजालमा सहमतिका लागि तैयार गरिएको ५ बुँदे ड्राफ्ट भन्दै गरिएको प्रपोगान्डमा कुनै सत्यता नभएको र पार्टी एकता बिरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गर्दछौ ।’

आइतबार साँझदेखि सहमतिको लागि तयार भएको भन्दै ५ बूँदे सहमतिको ५ बूँदे ‘ड्राफ्ट’ भाइरल भएको छ । ‘ड्राफ्ट’मा अध्यक्ष प्रचण्डलाई पूर्ण कार्यकारी अध्यक्षको जिम्मेवारी दिने, वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा ‘सरकार संचालन संयन्त्र’ बनाउने, मन्त्रिमण्डल पुर्नगठनअसमान नियुक्ति बदर गर्ने, पुर्न नियुक्ति गर्ने लगायत उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७