म्यानचेस्टर सिटी साउथह्याम्टनसँग पराजित


२२ असार २०७७, सोमबार
manchester yJJ8PVELyJ

काठमाडौं, २२ असार । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी साउथह्याम्टनसँग एक शून्यले पराजित भएको छ । गए राति भएको खेलमा सिटीलाई हराउन साउथह्याम्टनका लागि चे एडम्सको एक मात्र गोल निर्णायक बन्यो ।

सिटीका केही मुुख्य खेलाडी चोटका कारण मैदानमा उत्रिएका थिएनन् । जसका कारण सिटीले पछिल्ला पाँच खेलमा दोस्रो हार ब्यहोर्नु पर्‍यो ।

खेलको १६ औं मिनेटमा नै साउथह्याम्टनका एडम्सले ४० यार्ड टाढाबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो ।

तर त्यसपछि सिटीले बारम्बार गोलका लागि दबाव दिदापनि सफल भएन । जसका कारण एडम्सको एकमात्र गोल साउथह्याम्टनका लागि जित्न पर्याप्त बन्यो । यो जितले साउथह्याम्टनको ४३ अंक भएको छ भने सिटीको ६६ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७