एमाले नेता नेपाल तीन ठाउँबाट उम्मेदवार सिफारिस


२१ आश्विन २०७४, शनिबार
Madhav kumar nepal

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेका बरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सदस्यको उम्मेदवारमा तीन ठाउँबाट सिफारिस गरेका छन् ।

Madhav kumar nepal

नेता नेपाल रौतहट र काठमाडौंका तीन निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा सिफारिसमा परेका हुन् । काठमाडौं २ बाट सर्वसम्मत सिफारिस भइसकेका नेपाललाई रौतहटका दुई क्षेत्रबाट रौतहट जिल्ला अध्यक्ष कमल राय यादवले जानकारी दिए । उनलाई रौतहट १ र ४ बाट सिफारिस गरिएको हो ।

२०७० को संविधानसभा निर्वाचनमा नेपाल काठमाडौं २ र रौतहट १ बाट निर्वा्चित भएका थिए । उनले पछि काठमाडौं २ छाडेर रौतहट १ कायम गरेका थिए । तर संवैधानिक बाध्यता अनुसार नेपालले एउटामात्र क्षेत्रबाट उम्मेदवार बन्न पाउनेछन् ।

एमालेमा नेपाल बाहेक अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम र भीम रावल पनि एक भन्दा बढी ठाउँबाट उम्मेदवार सिफारिसमा परेका छन् ।

अध्यक्ष ओली झापा ५ र सिरहा १ बाट सिफारिस भएका छन् भने गौतम बर्दिया १ र प्यूठान तथा राववले कैलाली २ र अछाम १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७