भारत बन्यो सबै भन्दा बढी कोरोना संक्रमित रहेका तेस्रो मुलुक

एकै दिन २५ हजार नयाँ संक्रमित थपिए


२२ असार २०७७, सोमबार
korona india

काठमाडौं, २२ असार । छिमेकी देशमा कोरोना संक्रमण र मृत्यु दर दिनहुँ बढ्दै गइरहेको छ । भारत विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित देशको तेस्रो स्थानमा पुगेको छ ।

केही दिनयता लगातार उच्च संख्यामा कोरोना संक्रमित थपिइरहेको भारतमा आइतबार मात्रै झण्डै २५ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् ।

(आज (सोमबार) बिहान ७ः३० बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार भारतमा संक्रमितको कूल संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ । तीमध्ये १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ भने ४ लाख २४ हजार ८९१ बिरामी निको भएका छन् ।

भारतमा संक्रमणको वास्तविक चित्र अझै थाहा नभएको विज्ञले बताएका छन् । अधिकारीले संक्रमण रोक्न अनेक प्रयत्न गरिरहेका छन् । दिल्लीमा कोरोनाका बिरामी उपचारका लागि ठूलो स्याहार केन्द्र खोलिएको छ ।

वर्ल्डओमिटरकै तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म २९ लाख ८२ हजार ९२८ जनालाई कोरोना संक्रमण भइसकेको छ । तीमध्ये एक लाख ३२ हजार ५६९ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ८९ हजार ५६५४ बिरामी निको भइसकेका छन् ।

यस्तै विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित ब्राजिलमा छन् । ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या १६ लाख ४ हजार ५८५ पुगेको छ भने तीमध्ये ६४ हजार ९ सयको मृत्यु भएको छ । संक्रमितमध्ये ९ लाख ७८ हजार ६१५ जना निको भइसकेको वर्ल्डओमिटरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७