५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा


२२ असार २०७७, सोमबार
New not

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले आज (सोमबार) देखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज( ८९०००००१ देखि ट (३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ ।

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा २०७५ लेखिएको छ ।

नोटको पृष्ठ भागको मध्यमा अंग्रेजी रोमनमा नेपाल राष्ट्र बैंक, मध्यभागमा हिउँ चितुवाको चित्र रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । नोटमा तत्कालीन गर्भनर डा. चिरञ्जीवि नेपालको दस्तखत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७