कांग्रेससँग नजिक देखिएर एक–अर्कालाई तर्साउने धन्दा छोड, प्रवृति फेर : गगन थापा


२२ असार २०७७, सोमबार
gagan thapa

काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनका लागि प्रतिपक्षी दल नेपाली कांग्रेससँग संवाद बढाएको र मन्त्रालय समेत ‘अफर’ गरिएको चर्चा चलिरहेका बेला कांग्रेस युवा नेता गगन थापाले एक–अर्कालाई तर्साउने अस्त्रका रुपमा कांग्रेसलाई नदेखाउन नेकपा नेतालाई सुझाव दिएका छन् ।

नेता थापाले नेकपा गुट विवादमा कांग्रेसलाई देखाएर एक–अर्कालाई तर्साउने खेल भइरहेको स्पष्ट पारेका छन् । नेकपाका विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री तथा नेकपाका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटघाटबारेका समाचारले नेपाली राजनीति तरङ्गित गरिरहेका बेला थापाले यस्तो बताएका हुन् ।

‘जनताले पाँच बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भूमिकामा रहने म्याण्डेट दिएका हुन् । यसमा हामी स्पष्ट छौं’ आज विहान ट्वीट गर्दै नेता थापाले भनेका छन् ‘कांग्रेससँगको सामिप्यता देखाएर नेकपाभित्रको गुटको विवादमा एक–अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अवमूल्यन हो । प्रवृति फेर, धन्दा छोड ।’

यसबारेमा नेपाली कांग्रेसके केन्द्रीय कार्य समितिको बैठकमा पार्टी नेता रामचन्द्र पौडेलले पार्टी सभापतिसँग जवाफ पनि माग गरेका थिए । त्यस क्रममा सभापति देउवाले प्रधानमन्त्रीसँग भेटघाट भएको र त्यहाँ संवैधानिक परिषदका विषयमा मात्र कुराकानी भएको जानकारी गराएका थिए ।

हिजो (आइतबार) विहान नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश कांग्रेस सभापति देउवासम्म पुर्‍याएको विषयले पनि चर्चा पाएको थियो ।

g 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७