असार २६ देखि देशभर भारी वर्षा र बाढीको सम्भावना, अहिल्यैबाट सचेत रहन आग्रह

कस्तो रहला आजको मौसम ?


२२ असार २०७७, सोमबार
duban kailali scaled

काठमाडौं, २२ असार । सक्रिय मनसुनका कारण देशका विभिन्न जिल्लामा बाढी–पहिरोले जनधनको क्षति बढाउँदै लगेको छ ।

अहिलेसम्म मनसुन केहि सामान्य रहे पनि यही असार २६ गते अर्थात् शुक्रबारदेखि देशभर ठूलो वर्षा तथा बाढीको सम्भावना रहेकाले त्यसबाट बच्न अहिलेदेखि नै सचेतता अपनाउन र तयारी थाल्न मौसमविद्ले आग्रह गरेका छन् ।

शुक्रबार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै आइपुग्ने भएकाले देशभर ठूलो वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले यही असार २६ देखि २९ गतेसम्म देशैभरका ठूला, मझौला र साना नदीमा ठूलो बाढीको सम्भावना रहेको जानकारी दिएको छ । मौसमविद् पौडेलले यसरी गरिएको मौसमी अनुमान ९० प्रतिशतसम्म मिल्ने दाबी गरेका छन् ।

कस्तो रहला आजको मौसम ?
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको उत्तर–पूर्वी भूभाग नजिक निम्न चापीय क्षेत्र रहेको जनाएको छ ।

यसैगरी, हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको जारी पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, महाशाखाले सोमबार दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहने पूर्वानुमान गरेको छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश–५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश–१, प्रदेश–२ का केहि स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश–५, गण्डकी प्रदेश र प्रदेश–१ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशभर साधारणतया बदली रहनेछ । देशका प्रदेश–५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश–१, प्रदेश–२, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश–५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

mou

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७