नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, पार्टी विवाद थप ‘पेचिलो’ बन्दै


२२ असार २०७७, सोमबार
Nekapa 5

काठमाडौं, २२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद तन्किँदै गएपछि आज (सोमबार) बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

स्थायी कमिटी बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको पार्टी प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बढ्दो दूरीका कारण स्थायी कमिटी वैठक नै प्रभावित बन्दै आएको छ ।

पार्टी भित्रको विवाद समाधान गर्न भन्दै दुई अध्यक्ष आफ्ना विश्वास पात्रका साथ छलफलमा बसे पनि कुनै सहमतिको विन्दु पहिल्याउन सकेनन् । दुबै पक्ष आ–आफ्नो अडानमा अडिग भएका कारण नेकपाभित्रको विवाद झनझन पेचिलो बन्दै गइरहेको छ ।

हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो.बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षबीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७