सुनको मास्क लगाउने शंकर रातारात भाइरल


२२ असार २०७७, सोमबार
gold1

काठमाडौं, २२ असार । कोरोना भाइरस प्रकोपबाट बच्न मास्क अनिवार्य गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले मास्क प्रयोग गर्न पनि मापदण्ड तयार पारेको छ । तर भारतका एक व्यापारीले भने भाइरसबाट बच्न सुनको मास्क नै लगाएका छन् ।

72020503645423020257

४ लाख ७७ हजार नेपाली रुपैयाँमा उनले मास्क खरिद गरेका हुन् जहाँ सुन जडान गरिएको छ । सुनजडित उक्त सुनौलो मास्क बनाउन ८ दिन लागेको बताइएको छ ।

यस्तो सौख प्रस्तुत गर्ने व्यक्ति हुन भारत महाराष्ट्रस्थित पुनेका व्यापारी शंकर कुरहादे । उनी गहनाका सौखिन हुन् । शरीरभर विभिन्न गहनाहरु लगाएरै हिंडछन् ।

abfab9d9d24a3b8f933bb0b340f8a466 720

४९ वर्षका उनले झण्डै एक किलो बराबरको सुन शरीरमा पहिरिएका छन् । औंठी, ब्रासलेट, नेकलेस सुनकै लगाएका उनले मास्क पनि सुनकै लगाएका हुन् ।

‘यो मास्क पातलो छ भने यसमा स–साना प्वालहरु छन्, जसले मलाई श्वास फेर्न सहयोग गर्छ,’ ती व्यवसायीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीलाई भनेका छन् ।

‘मलाई यकिन छैन कि यसले कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ वा जोगाउँदैन, तर मैले यसबारेमा अन्यबाट सुझाव पनि लिइरहेको छु,’ शंकरले भने । हाल उनीसँग मानिसहरु सेल्फी खिचाउन रुचाउँछन् । सामाजिक सञ्जालमा उनको तस्बिरहरु भाइरल भइरहेका छन् । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७