ओली–प्रचण्ड छलफल सकियो, बल्ल विवादको मुख्य विषयमा छलफल केन्द्रित


२२ असार २०७७, सोमबार
PM KP Oli @ CM Parchanda 1536x779 1

काठमाडौं, २२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीचको आज (सोमबार) को छलफल सकिएको छ ।

यसअघिको छलफलहरु एक अर्कालाई दोषारोपणमा सीमित भइरहेको भए पनि आजको वैठक भने विषयबस्तुतर्फ प्रवेश भएको जनाइएको छ । पार्टीभित्रको विवाद चरम बनिरहेका बेला सोमबार दुई अध्यक्षबीच भएको वार्तामा पहिलोपल्ट विषय केन्दित भएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको डेढ घण्टा लामो छलफलमा राम्रो कुराकानी भएको र त्यो विषय केन्द्रित भएको स्रोतले जनायो ।

‘विषयमा बल्ल प्रवेश भएको छ, यसअघिका छलफलहरु विरोध र असन्तुष्टि पोखिने खालका थिए, आजको छलफल भने, विषयमा प्रवेश गरेको छ, कुनै सहमति भएको छैन ।’ बालुवाटारमा छलफल सकेर प्रचण्ड खुमलटार निवास फर्किएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७