घट्यो सुनको भाउ


२२ असार २०७७, सोमबार
gold

काठमाडौं, २२ असार । नेपाली बजारमा सुनको भाउ केहि घटेको छ । आज (सोमबार) सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने स्थिर छ ।

आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो । चाँदी भने हिजो जस्तै तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७