राष्ट्रियसभा निर्वाचनमा २ नम्बर प्रदेशका सबै सांसद निर्विरोध


१४ माघ २०७४, आईतवार
2

जनकपुर, १४ माघ : राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा–२ का आठै जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले प्रदेश–२ को खुला समूहबाट राष्ट्रियसभा सदस्यमा दिएको उम्मेद्वारी फिर्ता लिएका छन् ।2

महिला कोटामा तीन तथा अल्पसंख्यक र दलित कोटामा एक–एक जनाको मात्र उम्मेद्वारी परेको थियो । तर, खुला समूहको तीन दलका लागि चार जनाको उम्मेद्वारी परेको थियो । हुसेनले उम्मेद्वारी फिर्ता लिएपछि कांग्रेसका जितेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।

संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष रिजवान अन्सारीले प्रधानमन्त्रीका साथै सबै दलको आग्रहमा उम्मेद्वारी फिर्ता लिएको प्रतिक्रिया दिएका छन् । महिला समूहबाट माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव तथा फोरमकी प्रमिला कुमारी तथा अल्पसंख्यकबाट राजपाका वृषेशचन्द्र लाल तथा दलित कोटाबाट फोरमका रामप्रित पासवान निर्विरोध भइसकेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७