तुलशा आङदेम्बेको नयाँ गीत बजारमा (भिडियाेसहित)


६ माघ २०७४, शनिबार
tulasha angdhamfe

काठमाडौं : गायिका तुलशा आङदेम्बेको नयाँ गीत सार्वजनिक भएको छ । ‘मौषम रंगीन लाग्न थाल्यो, हर्ष मनमा बढ्न थाल्यो कारण तिमी’ बोलको गीत सार्वजनिक भएको हो । tulasha angdhamfe

गीतमा शब्द स्वय गायिका तुलशाको नै रहेको छ भने बाबु बोगटीले संगीत भरेका छन् ।

यस्तै भिडियोमा मोडल बिशाल सेनेहाङ र गायिका तुलशाले नै अभिनय गरेका छन् । उनीहरुको आकर्षक अभिनय रहेको छ । उर्लाबारी होटेल रोयल हेरिटेज र दमक आसपासमा भिडीयोको छायाँङ्कन गरिएको हो ।

https://www.youtube.com/watch?v=vuFWIVh-aWU

छाँयाङ्कन तथा निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । मोहित मुनालले एरेन्जर गरेको भिडीयोको सम्पादन बुद्ध थापा र दिबुस गजुरेलले गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७