ब्राजिली राष्ट्रपति बोल्सोनारोलाई कोरोना संक्रमण


२४ असार २०७७, बुधबार
2f848d5e98fd89a8543500899df0c934 w1000 h500 cp

काठमाडौं, २४ असार । ब्राजिली राष्ट्रपति जायर बोल्सोनारोले आफूलाई कोरोना भाइरस संक्रमण भएको बताएका छन् ।

लक्षण देखिएपछि बोल्सोनारो सोमबार जँचाउन अस्पताल गएका थिए । उनलाई ज्वरो र खोकीको समस्या रहेको ब्राजिली सञ्चारमाध्यमले जनाएका छन् । बोल्सोनारोले पटकपटक कोरोनाको जोखिमलाई बेवास्ता गर्दै आएका छन् । उनी लकडाउन विरुद्धको प्रदर्शनमा समेत सहभागी भएका थिए ।

मुलुकका स्वास्थ्य अधिकारीले महामारी रोक्न लकडाउन गर्नुपर्ने सुझाव दिइरहँदा बोल्सोनारोले यसलाई सामान्य रोगका रुपमा लिन आग्रह गर्दै आएका थिए । उनले यो ‘रुघाखोकी’ मात्र भएको बताएका थिए । गत केही महिनामा बोल्सोनारोका थुप्रै सहयोगी संक्रमित बनेका थिए ।

अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो, ब्राजिल । जहाँ हालसम्म १६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ६५ हजार बढीले ज्यान गुमाइसकेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७