इङ्लिस प्रिमियर लिग : चेल्सीसँग क्रिस्टल प्यालेस पराजित


२४ असार २०७७, बुधबार
chelsea v2CjzGrOn8

लण्डन, २४ असार । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे । क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए ।

चेल्सको छैटौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । विलियनको पासमा जेरुडले सहज गोल गरे । खेलको २७ औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीको अग्रता २९० को बन्यो ।

उनले पनि विलियनको पासलाई सदुपयोग गरे । तर, ३४ औं मिनेटमा जाहाले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा चेल्सी २ – १ ले अघि रह्यो ।

खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३–१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको पाँच मिनेटपछि नै रुबेनको पासमा उनले पोस्टको जाली चुमाए । त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३९२ गोल अन्तरले बिजयी भयो । बेन्टेकेले २ वर्षपछि प्रिमियर लिगमा गोल गरेका हुन् ।

यस्तै खेलको इन्जुरी समयमा क्रिस्टल अभागी साबित भयो । क्रिस्टलका स्कट डानको हेड प्रहार पोस्टमा लागेर फर्किएपछि क्रिस्टल बराबरी गर्न चुकेको थियो । जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले लेष्टर सिटीलाई २ अंकले पछि पार्दै चेल्सी शीर्ष तीनमा उक्लिएको हो ।

चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ । एक खेल कम खेलेको लेष्टर ५८ अंक रहेको छ । पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ । प्रिमियर लिगको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २९१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७