अमेरिकामा २४ घण्टाभित्रै ५५ हजारलाई कोरोना संक्रमण


२४ असार २०७७, बुधबार
korona america

काठमाडौं, २४ असार । अमेरिकामा कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउनेको सट्टा झन फैलिंँदै गएको छ ।

अमेरिकामा गएको २४ घण्टामै ५५ हजार भन्दा धेरैलाई कोरोना भाइरस संक्रमण भएको छ ।
गएको २४ घण्टामा अमेरिकामा ५५ हजार २१५ जनामा कोरोना संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या ३० लाख ९६ हजार नाघेको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट एक लाख ३३ हजार ९७१ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा त्यहाँ ९९२ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या पाँच लाख ४५ हजार ६ सय २२ पुगेको छ । गएको २४ घण्टामा मात्रै विश्वभर पाँच हजार ४८२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार ३१२ जनाले कारोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी भारतमा ४७९, मेक्सिकोमा ४८०, इरानमा दुई सय, रुसमा १९८, पेरुमा १८०, बेलायतमा १५५, दक्षिण अफ्रिकामा १९२, कोलम्बियामा १४९, इराकमा ११८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

भारतमा गएको २४ घण्टामा २३ हजार १३५ जनामा संक्रमण देखिएको छ । त्यहाँ अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० हजार ६५३ पुगेको छ । त्यसैगरी संक्रमितको संख्या सात लाख ४३ हजार ४८१ पुगेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७