पूर्व राजकुमारी पूर्णिकाले रोजिन् प्रेमी, डेटिङमा आमा हिमानीको साथ


२४ असार २०७७, बुधबार
purnika

काठमाडौं, २४ असार । छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन् । गोप्य राखे पनि वर पाएकी मात्र छैनन्, प्रेमको उत्कर्ष छ ।

प्रसंग हो, पूर्व युवराज पारस शाहको । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका छन् । तर पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिंदा प्रशंसकहरुको ताँती छ ।

ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर भर्खर आफूभन्दा १० बर्षले जेठा युवकसँग प्रेममा परेको कुरा बाहिरिएको छ ।

पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतीहरुको कारण युवामाझ आफू मात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेण्डमा आमा र बहिनीसहित सहभागी हुँदा निकै फ्यान बटुलेकी छन् ।

उनै पूर्णिका आफू जस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यसँग गहिरो प्रेममा डुबेकी हुन् ।
उनी आफू गहिरो प्रेममा परेको कुरा त सार्वजनिक गरेकी छन् । उनी हुन श्रीपेज धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान ।

वि.स. १८७१–७३ को नेपाल–अंग्रेज युद्धका कमाण्डर माथवरसिंह थापाकै सन्तान हुन् । नेपाल प्रहरीको एआइजीबाट ०७३ सालमा रिटायर्ड भएका सुशीलबरसिंह थापा र त्यही बेला नेपाल सेनाको लेफ्टिनेन्ट कर्णेलको पाँच बर्षे पदावधि लागेर अवकाश पाएपछि सेभ द चिल्ड्रेनमा कार्यरत राजीवबरसिंह थापाहरु ।

पूर्णिकाका प्रेमी चाहिं सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिज धर्म हुन् । थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन । काठमाडौंको भोटेबहाल पुख्र्यौली थलो भई अहिले विभिन्न ठाउँमा छरिएर बस्ने बरसिंह थापा खलक पहिलादेखि नै शाही परिवार नजिक छ ।

तर पूर्णिका र धर्मको भेट यसरी भएको होइन । सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी भएकी उनले थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन् ।

धर्म साना तिना ठेक्कासहित जमिन र बिल्डिङ बेचविखनको काम गर्छन् । प्रायः दरबारमार्ग, ठमेल, लाजिम्पाटतिर उनीहरुको जमघट भइरहन्छ ।

रमाइलो कस्तो छ भने, कतिपय डेटिङमा आमा हिमानी पनि साथ हुन्छिन् । पूर्णिका निकट एक जना साथीले सुनाइन्, ‘करिव एक बर्षअघिको एउटा जमघटमा त हिमानी छोरीका प्रेमीसँग मजाले नाचिन्, पूर्णिका ताली बजाइरहेकी थिइन ।’ जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७