नेपालीको उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान, हालसम्म २१ हजार बढीको उद्धार


२४ असार २०७७, बुधबार
Nepal Airlines landing
फाइल फोटो

काठमाडौं, २४ असार । विभिन्न देशमा समस्यामा परेका नेपालीको उद्धारका लागि आज (बुधबार) ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली स्वदेश फर्काउने उडान तालिका छ । यूएई र कतारको दोहाबाट केही समयअघि नेपाली लिएर आएको जहाज काठमाडौमा अवतरण गरेको छ ।

आज कतारको दोहाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

बुधबार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार एअरवेज नेपाली लिएर आउने छन् । हिमालय एअरलाइन्समार्फत मलेसियाको क्लालाम्पुरबाट नेपाली स्वदेश फर्कंदै छन् ।

आज साउदी, यूएई, मलेसियालगायतका देशमा नेपाली लिन जहाज जाँदैछन् । कोरोनाका कारण विदेशमा अलपत्र नेपालीको उद्धार शुरु भएयता २१ हजार बढी धेरै नेपाली स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७