दुई औषधि विक्री वितरणमा रोक


२४ असार २०७७, बुधबार
dda nbn

काठमाडौं, २४ असार । न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाइएको छ ।

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्री वितरणमा रोक लगाएको हो ।

मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई मङ्गलबार निर्देशन दिइएको बताइएको छ । विभागले उक्त औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७