उपभोक्तालाई सामुदायिक वनले दियो उन्नत जातको बंगुरको भुनी, बाख्रा र कर्कटपाता


१२ माघ २०७४, शुक्रबार
belbari goat pig and jasta

-खनेन्द्र कुमार राई (अर्जुन)
बेलवारी, माघ १२ : अमना सिसौली सामुदायिक वन उपभोक्ता समूह बेलवारी, मोरङले ७४ परिवार उपभोक्तालाई साढे ५ लाख बराबरको उन्नत जातको बंगुरको भुनी, बाख्रा र कर्कटपाता (टिन) दिएको गरेको छ ।
बेलवारीको वाड नं. १ मा अवस्थित तमु गुम्बामा शुक्रवार भएको कार्यक्रममा उपभोक्ता समूहले गरिबी निवारण कार्यक्रम अन्तर्गत शुक्रवार वितरण गरेको हो ।belbari goat pig and jasta
उपभोक्ताहरूलाई आर्थिक वर्ष २०७३÷२०७४ को गरिबी निवारण कार्यक्रम अन्तर्गत १७ टोलका २३ परिवारलाई २३ वटा बाख्राका पीठा, ३४ परिवारलाई बंगुरको भुनी र १७ परिवारलाई १७ वटा कर्कटपाता (टिन) वितरण गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला वन कार्यालय मोरङका अधिकृत डा.विनोद देवकोटा तथा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नि पौडेलको उपस्थिति रहेको थियो ।
विपन्न परिवारको सही पहिचान गरेर मात्र पशु साथै टिन वितरण गरिएको अमना सिसौली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लीला आर्चयले बताए । यस कार्यक्रमबाट उपभोक्ताहरूलाई अनिर्वाय लोप हुने विश्वास रहेको अध्यक्ष आर्चयले बताएका छन् ।
अमना सिसौली सामुदायिक वन उपभोक्ता समूह बेलवारी, मोरङको गरिबी निवारण कार्यक्रमले दिएको खुसी, उपोभोक्तहरुको हासीलो मुहारबाट हेर्न सकिन्थ्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७