कित्ताकाट गर्नुपर्ने कसले ?


२४ असार २०७७, बुधबार
Cabinet meeting scaled

काठमाडौं, २४ असार । शनिबार साँझ प्रधानमन्त्रीले आकस्मिक अनौपचारिक बैठक बोलाएर मन्त्रीहरुलाई बेलैमा आफ्नो पोजिशन क्लियर गर्न निर्देशन दिए र हृदयेश त्रिपाठीसहित माओवादी मन्त्रीहरुलाई बिदा गरिसकेपछि एमाले निकटहरुको मात्रै भेलालाई केही मिनेटको निम्ति निरन्तरता दिए ।

यति भएपछि कित्ताकाटको उक्त निर्देशन कोप्रति इंगित थियो होला त ? माओवादी पृष्ठभूमिका वर्षमान पुन, शक्ति बस्नेत, बीना मगर, गिरिराजमणि पोखरेल बालुवाटारबाट निस्केर पुल्चोकमा भेला भए र निष्कर्ष निकाले, जब हामी झण्डैसहित ओली हटाउने भेलामा सामेल हुन गएका छौं भने हामीलाई कित्ताकाट गर भनिरहन पर्ने अवस्थै होइन । उसो भए यो इशारा लक्ष्यित थियो चाहिँ कसप्रति !

प्रधानमन्त्रीको स्थिति कुन हदसम्म पुगेको छ भने, कित्ताकाटको कुरा आउने बित्तिकै सिनियर, राजनीतिक खेलोफड्कोमा पत्याइएका मन्त्रीहरु चुइँक्क नबोल्ने । बरु, पार्टीका जुनियर केन्द्रीय सदस्य महिला, बालबालिका मन्त्री पार्वत गुरुङले भन्नुपर्नेे ‘हामी तपाईंको साथमा छाँं ।’

पार्वत, जो राष्ट्रिय राजनीतिमा त्यति स्थापित छैनन् । बल्ल–तल्ल जिल्लास्तरबाट उठेर संघीय मन्त्री भएका र उति धेरै बोलि नबिक्ने स्थितिका मान्छे मात्रै प्रधानमन्त्रीसँग हुनुले पनि वास्तविकताको संकेत गरेको हो ।

माओवादीका सातमध्ये लेखराज भट्टबाहेक सबै मन्त्री गाडीमा झण्डा हालेरै प्रधानमन्त्री हटाउने अभियानमा छन् । घनश्याम, योगेशहरुले कित्ता प्रष्ट पारिसके । त्यसैले प्रधानमन्त्रीले कित्ताको कुरा गर्नुपर्ने स्थितिचाहिँ ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, पद्मा अर्याललगायत वरियतामा माथि र ओलीसँग सामीप्यतामा रहेका नेताहरुका सन्दर्भमा थियो ।

यिनीहरुले खुलेर, बोलेर नआएकोमा प्रधानमन्त्रीको आक्रोश बुझ्न सकिन्छ । हुन पनि ईश्वर पोखरेलले निकटस्थहरुसँग भनेका छन्, ‘न सल्लाह छ, न जानकारी छ । के गर्ने र अब के हुन्छ भन्ने कुरा मिडियाबाट थाहा पाउनुपर्ने ! यिनले कुन भड्खालोमा हाल्छन्, थाहा छैन ।’

यसरी मन नपरी–नपरी सरकारमा सामेल गरिएका मान्छेहरु नै अहिले खुलेर बोल्न नचाहेको अवस्थामा उनले त्यतैतिर इंगित गरेको माओवादी मन्त्रीहरुले ठहर गरेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७