ओली–प्रचण्ड दुई घण्टा छलफल, भएन केहि सहमति


२४ असार २०७७, बुधबार
kp oli prachanda

काठमाडौं, २४ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद हल गर्न दुई अध्यक्षबीचको छलफल सकिएको छ ।

पार्टीका देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार झण्डै २ घण्टा छलफलपछि बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रचण्ड बाहिरिएका छन् । दुई अध्यक्षबीच पार्टी विवादका विषयमा छलफल भए पनि हालसम्म कुनै सहमति नभएको जनाइएको छ ।

यही असार १० गतेदेखि बसेको पार्टी स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना हुनुका साथै प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपा फुटको संघारमा पुगेको छ ।

विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहका विभिन्न तहका नेताहरुबीच पटक–पटक छलफल हुँदै आए पनि कुनै सहमति भएको छैन । अध्यक्ष ओली र प्रचण्डबीचमा पटकपटक भएको छलफल पनि कुनै सहमतिमा पुग्न सकेको छैन ।

स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि शुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।

यसबीचमा दुई अध्यक्षबीच पटक पटक कुराकानी भए पनि सहमति हुन सकेको छैन । अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका छन् भने ओलीले दुबै पद नछाड्ने अडान राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७