२०७७ असार २५ गते बिहीबारको तपाईको राशिफल


२५ असार २०७७, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज प्रेमीको सहयोग पाइने छ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक कार्यको योग छ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समाज सेवामा मन लाग्नेछ । छोटो र रमाइलो यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शत्रु क्षय होलान् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । स्वस्थ्यको ख्याल गर्नु पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभारम्भको चर्चा चल्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभारम्भको चर्चा चल्ने छ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
परिवारसँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वस्थयको विशेष ख्याल गर्नु होला । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७