चर्चित भारतीय हाँस्य अभिनेता जगदिपको निधन


२५ असार २०७७, बिहीबार
surma bhopali 1 1594229919 ey0V5jfbWO

नयाँदिल्ली, २५ असार । चर्चित भारतीय हाँस्य अभिनेता जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार मुम्बईमा निधन भएको हो ।

उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । जगदीपका नजिकका साथी महमुद अलीका अनुसार उनको बुधबार बिहान आफ्नै घरमा ८ बजेर ३० मिनेटमा निधन भएको हो ।

बुढेसकाल लागेसँगै उनी विभिन्न रोगका कारण थलिएका थिए । फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले उनलाई बलिउडमा थप चर्चित बनाएको थियो । यसबाहेक ब्रहम्चारी, नागिन र अन्दाजलगायत फिल्ममा गरेको भूमिकालाई दर्शकहरुले असाध्यै मन पराएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७