बाढीले सिन्धुपाल्चोकको जम्बु बजार बगायो, दुईको मृत्यु, १८ बेपत्ता


प्रकाशित मिति : 9 July, 2020 7:25 am

काठमाडौं, २५ असार । सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलाको बाढीले बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार बगाएको छ ।

बजार क्षेत्रमा पसको बाढीले अहिलेसम्म दुई जनाको शव फेला परेको छ भने १८ जना बेपत्ता भएका छन् ।

भारी वर्षासँगै गए राति ११ बजेतिर आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकाले बजार बगाएको हो । घटनाको थप क्षति विवरण आउनै बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्