शानदार जीत हात पार्दै सिटी फर्कियो लयमा


२५ असार २०७७, बिहीबार
9739a9eea5b52c7073225965274c90a9 w1000 h500 cp

काठमाडौं, २५ असार । न्युकासल युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको म्यानचेस्टर सिटी इंङ्लिस प्रिमियर लिगमा पुनः जितको लयमा फर्किएको छ ।

अघिल्लो खेलमा आइतबार साउथहप्टनसँग आश्चार्यजनक रुपमा पराजित भएको सिटीले न्युक्यासलमाथि शुरुवाती २० मिनेटमै दुई गोल गरेको हो ।

खेलको १० औं मिनेटमा ग्याब्रिअल जिससले गोलबाट अग्रता लिएको सिटीको अग्रता अर्को दशमिनेट बित्दा रियाद मेहरजले दोब्बर पारेका थिए ।

यस्तै ५८ औं मिनेटमा न्युकासलका फेडिरिको फर्नान्डेजको आत्महाती गोलसँगै सिटीले ३ गोलको अग्रता बनायो । ६५ मिनेटमा डेबिड सिल्भा र इञ्जुरी समयमा रहिम स्ट्रर्लिङले थप दुई गोल थपे ।
जितसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ । ४३ अंक जोडेको न्युकासल १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७