केपी ओली मधेस आन्दोलनको उद्गमथलोबाट सिफारिस


२१ आश्विन २०७४, शनिबार
KP sharma oli

लहान : आसन्न प्रतिनिधि सभाको निर्वाचनको लागि मधेस आन्दोलनको उद्गमथलोबाट एमाले अध्यक्ष केपी ओलीलाई चुनाव लड्न सिफारिस गरेको छ ।

KP sharma oli

शुक्रबार राति सम्पन्न १ नम्बर क्षेत्रीय कमिटीले ओलीलाई मधेस  आन्दोलनको उद्गमथलाे  लहान पनि पर्ने सिराहाको क्षेत्र न. १ बाट अध्यक्ष केपी शर्मा ओलीलाई सदस्यका लागि एमाले सिराहा जिल्ला कमिटीले सर्वसम्मति रुपमा सिफारिस गरेको हो ।

एमालेलाई मधेस बिरोधी भनिए पनि स्थानीय तह निर्वाचनमा लहान नगरपालिकामा फराकिलो अन्तरले जितेका विजयी भएको थियो ।

यसअघि नै ओलीलार्इ गृहजिल्ला झापा–५ बाटै सर्वसम्मत रुपमा सिफारिसमा  गरेका छन्। उनी त्यही बाट चुनाव लड्नेछन् ।   सिरहा १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ हालका सांसद रामचन्द्र यादव र अर्का नेता गंगा यादवले दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७