बाढीले मध्यभोटेकोशी आयोजनामा अर्बौको क्षति, एक चिनियाँ प्राविधिक बेपत्ता


२५ असार २०७७, बिहीबार
bhotekoshi1

सिन्धुपाल्चोक, २५ असार । सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुर्‍याएको छ ।

एक जना चिनियाँ प्राविधिक बेपत्ता समेत भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिएका छन् ।

आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । इलेक्ट्रोमेकानिकल सामान राख्ने १४ नम्बर साइटमा बाढी पसेको र धेरै उपकरणहरु बगाएको उनले जानकारी दिएका छन् ।

काफ्लेका अनुसार आयोजनाका लागि तीन वटा महँगा उपकरणहरु टर्बाइन रनर, जीआईएस र जीटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरणहरु ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । सो स्थानमा नीलो जस्ताको छानो भएको सेड मात्र देखिन्छ ।

सीईओ काफ्लेले भने, ‘२०७३ सालमा पनि यहाँ ठूलो बाढी आएको थियो, त्यतिबेला धानेको थियो । तर, यसपटक बाढीले ठूलो क्षति पुर्‍यायो ।’ मध्य भोटेकोशी आयोजनाको पावर हाउसमा पनि माटो भरिएको छ । तर, पावर हाउस भत्किएको भने छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७