सुन अहिलेसम्मकै महँगो, कति पुग्यो भाउ ?


२५ असार २०७७, बिहीबार
gold

काठमाडौं, २५ असार । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बनेको छ ।
नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबारको तुलनमा प्रतितोला ९ सय रुपैयाँले सुनको भाउ बढेको महासंघ महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताएका छन् ।

सुनको भाउ र लकडाउनकै कारण सुनको कारोबार ठप्प रहेको महासचिव बज्राचार्य बताउँछन् । दैनिक १५ लाखको सुन कारोबार गर्ने पसलले बिहेको लगनकै बेलामा पनि मुस्किलले दुई लाखको कारोबार गरेको उनी बताउँछन् ।

‘कारोबार ठप्प छ, बजारका ७० पसल खुलेका छैनन्, दुई–चार दिन मात्रै रहेको बिहेको लगन पनि अब त सकियो,’ महासचिव बज्राचार्यले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७