सरिता गिरीको पक्षमा ट्वीट गर्ने अन्सारीको टिप्पणीप्रति मानवअधिकार आयोगकै आपति


२५ असार २०७७, बिहीबार
mohana

काठमाडौं, २५ असार । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति कडा आपति जनाएको छ ।

आयोगले अन्सारीको टिप्पणीप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । अन्सारीले गत असार २३ गते सामाजिक सञ्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् ।

आयोगका अध्यक्ष अनुपराज शर्माले विहिवार विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सञ्जालमा

m

व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् । संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानविन प्रतिवेदन’ भनेकोप्रति आयोगले खेद प्रकट गरेको हो ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नु भएको भनाइलाई आयोगले अस्वीकार गर्दछ । यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।’

अन्सारीलाई आयोगले डेढ वर्षअघि नै प्रवक्ताबाट हटाए पनि उनले आफूलाई प्रवक्ताका रुपमा प्रस्तुत गर्ने र आयोगको आधिकारिक धारणा विपरित राजनीतिक वक्तव्य दिने गरेको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७